Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाढी पहिरो अपडेट: देशभर मृत्यु हुनेको संख्या ८८ पुग्यो, २८ बेपत्ता

बाढी पहिरो अपडेट: देशभर मृत्यु हुनेको संख्या ८८ पुग्यो, २८ बेपत्ता

  • बिहिवार, कार्तिक ४ २०७८

  • 542
    SHARES

  • बाढी पहिरो अपडेट: देशभर मृत्यु हुनेको संख्या ८८ पुग्यो, २८ बेपत्ता

    काठमाडौँ- देशभर सोमबारयता बाढी र पहिरोमा परी ज्यान गुमाउनको संख्या ८८ पुगेको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले बुधबार साँझ ६ बजेसम्मको तथ्यांक अनुसार बाढी पहिरोमा परी २८ जना बेपत्ता भइका छन् । यस्तै ३१ जना घाइते भएका छन् ।

    यसअघि बुधबारै गृह मन्त्रालयले ७७ जनाको मृत्यु भएको जानकारी दिएको थियो । २६ जना बेपत्ता भएक छन् । यस्तै २२ जना घाइते भएका छन् ।

    मन्त्रालयका अनुसार पहिरोमा परी पाँचथरमा मात्रै २४ जनाको मृत्यु हुँदा ६ जना घाइते भएका छन् । यस्तै इलमामा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ भने २ ३ जना बेपत्ता छन् ।

    यस्तै डोटीमा पहिरोमा परी १२ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । धनकुटामा ७, हुम्लामा ६, बैतडीमा ४ जनाको मृत्यु भएको छ ।

    यस्तै पहिरो र बाढीमा परी बझाङ, सुनसरी र उदयपुरमा २-२ जना तथा कालीकोट, डडेलधुरा, प्युठान, सोलुखुम्बु र मोरङमा एकरएक जनाको मृत्यु भएको छ ।

    बाढी र पहिरोमा परी पाँचथरमा ६, धनकुटा र डोटीमा ५-५, बैतडी र इलाममा २-२, कालीकोट र डडेलधुरामा एकरएक जना घाइते भएका छन् भने बझाङमा २१, इलाममा ३, प्युठानमा २ र जुम्लामा १ जना बेपत्ता भएका छन् ।


    बिहिवार, कार्तिक ४ २०७८०६:२४:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij