Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाढी-पहिराको वितण्डा : मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना सम्पर्क विहीन

बाढी-पहिराको वितण्डा : मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना सम्पर्क विहीन

  • बुधवार, कार्तिक ३ २०७८

  • 316
    SHARES

  • बाढी-पहिराको वितण्डा : मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना सम्पर्क विहीन

    काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जना छन् । यी दुबै जिल्लामा पहिराले मानवीय क्षति गराएको हो ।

    त्यसपछि पहिरोमा परी हुम्ला, धनकुटा र पाँचथरमा ६/६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

    पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो ।

    यो क्रम आज पनि जारी छ । हराएकाहरुको खोजी र फसेकाहरुको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।


    बुधवार, कार्तिक ३ २०७८०२:०९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij