Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाढी–पहिरो : ठुलो जनधनको क्षति, न्यूनीकरणको प्रयास गरिरहेको गृहको दाबी

बाढी–पहिरो : ठुलो जनधनको क्षति, न्यूनीकरणको प्रयास गरिरहेको गृहको दाबी

  • मंगलवार, कार्तिक २ २०७८

  • 1.2K
    SHARES

  • बाढी–पहिरो : ठुलो जनधनको क्षति, न्यूनीकरणको प्रयास गरिरहेको गृहको दाबी

    काठमाडौँ । मनसुन बाहिरिएपछि पनि केहीदिन यता लगातार परेको वर्षाले बाढी–पहिरोको वितण्डा मच्चाएको छ । जसकारण देशभरको जनजीवन प्रभावित भएको छ भने, ठूलो जनधनको क्षति पनि भएको छ ।
    बझाङको थलारामा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता भएका छन् । धरानमा २ जना, डोटीमा २ जना, कालीकोट र डडेलधुरामा एक÷एक जनाको मृत्यु भएको छ, भने केही घाइते भएका छन् ।

    अविरल वर्षाकै क्रममा कैलालीमा माछा मार्न गएका ३ जना बेपत्ता भएका छन् । उता, बैतडीको सिगास स्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धारमा नगरी नेपाली सेनाको हेलिकप्टर फर्किएको छ ।
    यसैगरी, टीकापुर नगरपालिका –५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्किएर कर्णाली नदी गाउँ पसेको छ । कर्णाली नदीमा आएको बाढी गाउँ पसेको हो । जानकी गाउँपालिका–९ पूर्वी खैरी फाँटमा पनि ५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    विशेषगरी सुदूरपश्चिमलगायत तराईका जिल्लामा बाढी पहिरोले क्षति पु¥याएपछि पीडितको उद्धार तथा राहतको लागि गृह मन्त्रालयले सबै संयत्र परिचालन गरिएको जनाएको छ । तर मौसम प्रतिकुलताका कारण पीडितहरुको उद्धार कार्य प्रभावकारी हुन नसकेको गृहका सूचना अधिकारी उप सचिव दिलकुमार तामाङले बताउनुभयो । जनधनमा पुगेको क्षति न्यूनीकरणका लागि आफूहरुले हरदम प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

    गृह मन्त्रालयले पूर्व तयारीका काम पनि नियमित हुँदै आएको दाबी गरेको छ । मौसम विज्ञाण विभागसँगको समन्वयमा तीनै तहमा यसबारे जनचेतनाका कार्यक्रम हुँदै आएको उपसचिव तामाङले बताउनुभयो । यद्यपि, अहिले पूर्वतयारीको तुलनामा मनसुन बाहिरिएपछि अचानक आएको भिषण वर्षाले धेरै जनधनको क्षति भएको उहाँले बताउनुभयो ।

    नेपालबाट मनसुन बाहिरिने क्रममा बंगालको खाडीमा न्यून चापीय अवस्था उत्पन्न भएको र अफगानिस्तान आसपास क्षेत्रमा विकसित भएको पश्चिमी वायुको प्रभाव बढेपछि ती एकापसमा ठोक्किँदा नेपालको पश्चिमी क्षेत्र बढी प्रभावित भएको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीको भनाइ छ ।

    बाढी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा वर्षेनी ठूलो क्षति हुने गरेको छ । मौसमजन्य विपत्को पूर्वसूचना प्रणाालीलाई राज्यले नै प्राथमिकता नदिएका कारण यस्तो क्षति न्यूनीकरण हुन नसकेको जलवायु विज्ञ उपे्रती बताउनुहुन्छ । उहाँले विपत्को पूर्वसूचना प्रणाालीलाई स्थानीय स्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको छ ।

    बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव थपिएपछि दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले आकलन गरेका छन् । महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर सूदूर पश्चिम प्रदेशमा देखिएको छ ।


    मंगलवार, कार्तिक २ २०७८०८:२८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij