काठमाडौँ । लगातारको वर्षाले देशभरको जनजिवन प्रभावित वनाएको छ । यसैगरि ठुलो जनधनको क्षति भएको छ । बझाङ जिल्लाको थलारा गाउँपालिका–४ डिख्लामा घरमाथि पहिरो खस्दा २३ जना बेपत्ता भएको खवर छ ।
डिख्लामा आज बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएको स्थानीय शान्ति माविका शिक्षक मदन साउँदले जानकारी दिनुभएको छ । बेपत्ता हुनेमा गगन सार्कीका एकैघरका १८ जना र नरे सार्कीको घरका ५ जना छन् ।
गगन सार्की रोजगारीका लागि भारतमा छन् भने उनका माइला छोरा काले सार्की सकुशल रहेका जनाइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रमबहादुर चन्दले टेलिकमको सेवा अवरुद्ध हुदा सूचना प्राप्त हुन नसकेको जानकारी दिनुभएको छ ।