काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताउनभुएको छ ।
आज सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुको चाड बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रपति भण्डारीले सुख, शान्ति, समृद्धि, दीर्घायु तथा प्रगतिको शुभकामना व्यक्त गर्नभएको छ ।