Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नुवाकोट बस दुर्घटना : घाइते ३० मध्ये १० को अवस्था गम्भीर

नुवाकोट बस दुर्घटना : घाइते ३० मध्ये १० को अवस्था गम्भीर

  • सोमवार, कार्तिक १ २०७८

  • 482
    SHARES

  • नुवाकोट बस दुर्घटना : घाइते ३० मध्ये १० को अवस्था गम्भीर

    काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

    घाइतेमध्ये १० को अवस्था गम्भीर छ । गम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौं ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

    बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुली हुँदै काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो ।छतमा समेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बताइएको छ ।


    सोमवार, कार्तिक १ २०७८०२:४७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij