Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज पनि दसैँको टिका थाप्नेक्रम जारी, सरकारी कार्यालय खुल्दै

आज पनि दसैँको टिका थाप्नेक्रम जारी, सरकारी कार्यालय खुल्दै

  • आइतवार, आश्विन ३१ २०७८

  • 476
    SHARES

  • आज पनि दसैँको टिका थाप्नेक्रम जारी, सरकारी कार्यालय खुल्दै

    काठमाडौं । विजया दशमीको तेस्रो दिन आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा रहेको छ ।

    पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै मनाइँदै आएको छ ।

    घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

    यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कायाृलयहरु आजबाट खुल्दैछन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दसैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किनेछन् । पर्व मनाउन आ–आफ्नो पुख्यौली थलो गएकाहरु पनि काठमाडौं फर्कने क्रम सुरु भइसकेको छ ।


    आइतवार, आश्विन ३१ २०७८०८:०९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij