Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गयो

नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गयो

  • शनिवार, आश्विन ३० २०७८

  • 583
    SHARES

  • नुहाउने क्रममा डुबेर दुई जनाको ज्यान गयो

    काठमाडौँ । नदीमा नुहाउने क्रममा डुबेर सिन्धुली र रुपन्देहीमा एक–एक जनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका–११ मरघटिस्थित कमला नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका–१ बस्ने २५ वर्षीया फुलकुमारी मुखियाको शुक्रबार बिहान मृत्यु भएको हो ।

    नदीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि कटारीतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उता रुपन्देहीको देवदह नगरपालिका–२ स्थित रोहिणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सिद्धार्थनगर नगरपालिका–४ बस्ने ११ वर्षीय सानु लोधको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

    पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    शनिवार, आश्विन ३० २०७८०५:२७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij