Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बारामा ट्यांकरको ठक्करबाट तीन जनाको मृत्यु

बारामा ट्यांकरको ठक्करबाट तीन जनाको मृत्यु

  • शनिवार, आश्विन ३० २०७८

  • 397
    SHARES

  • बारामा ट्यांकरको ठक्करबाट तीन जनाको मृत्यु

    बारा । बारामा ट्यांकरको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–२३ भोलहीमा शुक्रबार राति ट्यांकरले ठक्कर दिँदा कारमा सवारी उनीहरुको मृत्यु भएको हो ।

    कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुईजनाको भने वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको हो ।

    मृतकमध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ख ७५९४ नम्बरको ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई शुक्रबार राति पौने ११ बजे ठक्कर दिएको हो । दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।


    शनिवार, आश्विन ३० २०७८०३:०९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij