Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु

गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु

  • शनिवार, श्रावण १७ २०७७

  • 580
    SHARES

  • गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु

    गुल्मी । गुल्मीमा अविरल वर्षासँगै घरमाथि ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

    जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

    घटना शुक्रबार राति करिब साढे सात बजेको हो । उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।

    घटना शुक्रबार राति करिब साढे सात बजेको हो । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।

    सोही स्थानमै अन्य केही घर जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताए ।


    शनिवार, श्रावण १७ २०७७०७:०६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij