काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–२५ आइसिपि गेट नजिक रोकी राखेको ग्यास ट्याङकरमा करिब १ सय २० केजी गाँजा फेला परेको छ ।
भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्यास बोक्ने ट्याङकरबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
ट्याङकरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा उक्त गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीका अनुसार ट्याङ्कर चालक फरार रहेको खोजी भइरहेको छ ।