Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दसैँ अवधिभर कस्तो छ मौसम ?

दसैँ अवधिभर कस्तो छ मौसम ?

  • बिहिवार, आश्विन २८ २०७८

  • 461
    SHARES

  • दसैँ अवधिभर कस्तो छ मौसम ?

    काठमाडौं - देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरुको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ ।

    विभागकाअनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    टीकाको दिन भोलि शुक्रबार प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागको प्रक्षेपण छ ।

    टीकाको भोलिपल्ट शनिबार प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागले जनाएको छ ।  


    बिहिवार, आश्विन २८ २०७८०७:५४:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij