Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मुगु बस दुर्घटना : डीएसपीको नेतृत्वमा समिति गठन

मुगु बस दुर्घटना : डीएसपीको नेतृत्वमा समिति गठन

  • बुधवार, आश्विन २७ २०७८

  • 589
    SHARES

  • मुगु बस दुर्घटना : डीएसपीको नेतृत्वमा समिति गठन

    काठमाडौँ । मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।
    कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक (डिएसपी) वीरेन्द्रविर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यी छानविन समिति गठन गरिएको हो।

    समितिको सदस्यमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र ट्राफिक प्रहरी कार्यालय मुगुका हवल्दार सदस्य रहनुभएको छ । समितिले घटनास्थलमै पुगेर बस दुर्घटनाको कारणसहितको प्रतिवेदन तयार गर्ने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख (डिआईजी) गणेशबहादुर ऐरले जनाउनु भएको छ ।

    निर्देशनमा छानविन समिति गठन गरिएको हो। प्रारम्भीक अनुसन्धानका क्रममा बसको अगाडीको टायर प्यान्चर भएर बस दुर्घटना भएको अनुमान छ। छानविन समितिले दुर्घटनाको एकिन प्रतिवेदन तयार गर्ने छ।

    हिजो नेपालगञ्जबाट मुगु सदरमुकाम गमगडी जाँदै गरेको भे.१ ख.३१६७ नंम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने १३ जना घाइतेहरू उपचाररत छन्। बस सडकबाट २५० मिटर तल खसेको थियो।


    बुधवार, आश्विन २७ २०७८०५:५०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij