Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दसैँको पाँचौं दिन आज : स्कन्दमाताको विशेष पूजा गरिँदै

दसैँको पाँचौं दिन आज : स्कन्दमाताको विशेष पूजा गरिँदै

  • सोमवार, आश्विन २५ २०७८

  • 641
    SHARES

  • दसैँको पाँचौं दिन आज : स्कन्दमाताको विशेष पूजा गरिँदै

    काठमाडौँ । नेपालीहरुको महान चाड दसैँको पाँचौं दिन आज, स्कन्दमाताको विशेष पूजा गरिँदै छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु–सम्पन्न हुने धार्मिक विश्वास छ ।

    आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा विशेष पूजाअर्चना गर्ने परम्परासमेत रहेको छ । बिहीबार आश्विन शुक्ल प्रतिपदाका दिन बिहान घटस्थापना गरी दशैं घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि दसैँ सुरु भएको हो ।

    नवरात्रका छैटौं भोलि कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौंं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

    दशौं दिन विजयादशमीको टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । यस वर्ष टीका लगाउने उत्तम साइत असोज २९ गते बिहान १०ः०२ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ ।


    सोमवार, आश्विन २५ २०७८०७:१७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij