Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अछाममा जन्ती बोकेको बोलेरो जिप दुर्घटना, चार जनाको मृत्यु

अछाममा जन्ती बोकेको बोलेरो जिप दुर्घटना, चार जनाको मृत्यु

  • सोमवार, आश्विन २५ २०७८

  • 621
    SHARES

  • अछाममा जन्ती बोकेको बोलेरो जिप दुर्घटना, चार जनाको मृत्यु

    अछाम । अछाममा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य १५ जना घाइते भएका छन् । जिल्लाको पन्चदेवल विनायक नगरपालिका– १ कुईकामा आइतबार राति से १ च १७६३ नम्बरको बोलेरो जिप जन्ती गएर फर्कँदै गर्दा दुर्घटनामा परेको हो ।

    सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परेर पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेर घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको हो ।


    सोमवार, आश्विन २५ २०७८०६:३६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij