Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सात लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका, ३५ हजार भित्रिए

सात लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका, ३५ हजार भित्रिए

  • आइतवार, आश्विन २४ २०७८

  • 577
    SHARES

  • सात लाखभन्दा बढीले छाडे काठमाडौँ उपत्यका, ३५ हजार भित्रिए

    काठमाडौँ । दसैँका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । असोज सुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

    घटस्थापनाको दिनसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको संख्या बढेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उहाँले बताउनुभयो । यही असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो ।

    ११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाडौबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्ने छ । गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    यो अवधिमा झण्डै ३५ हजार मानिस उपत्यका भित्रिएका छन् । यात्रुको चाप बढेसँगै काठमाडौं उपत्यकासँग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेषगरी नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुने गरेको छ ।


    आइतवार, आश्विन २४ २०७८०३:११:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij