Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लकडाउनमा भाडा तिर्न नसक्नेहरुलाई घरबाट ननिकाल्न सर्वोच्चको आदेश

लकडाउनमा भाडा तिर्न नसक्नेहरुलाई घरबाट ननिकाल्न सर्वोच्चको आदेश

  • शुक्रवार, श्रावण १६ २०७७

  • 502
    SHARES

  • लकडाउनमा भाडा तिर्न नसक्नेहरुलाई घरबाट ननिकाल्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरको संक्रमण रोक्थाम तथा न्यूनीकरणका लागि घोषणा गरिएको लकडाउनमा भाडा तिर्न नसकेकाहरुलाई घरबाट ननिकाल्न आदेश दिएको छ । ओबिसी महासंघको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै व्यवसाय र बसोबासका लागि भाडामा बसेकाहरुलाई ननिकाल्न सर्वोच्चले आदेश दिएको हो ।

    न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले लक डाउनका कारण पेशा व्यवसाय नचल्दा घर भाडा तिर्न नसकेकाहरुलाई घरबाट निकाल्ने, हैरानी दिने जस्ता काम नगर्न अन्तरिम आदेश दिएको हो । बहालमा बसेकाहरुमाथि दुर्व्यवहार भए सम्बन्धित वडा कार्यालयमा उजुरी गर्न र त्यसको सुपरीवेक्षण गर्न पनि सर्वोच्चको आदेशमा भनिएको छ ।

    विभिन्न ठाउँमा भाडामा बसेकाहरुलाई पैसा नतिरेको भन्दै निकाल्ने, पेशा व्यवसाय चल्न नदिने जस्ता कार्य भएको गुनासो आइरहेको बेला सर्वोच्चले यस्तो आदे दिएको हो ।


    शुक्रवार, श्रावण १६ २०७७०५:२८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij