Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सार्वजनिक सवारीलाई आजदेखि रुट पर्मिट खुला

सार्वजनिक सवारीलाई आजदेखि रुट पर्मिट खुला

  • बिहिवार, आश्विन २१ २०७८

  • 368
    SHARES

  • सार्वजनिक सवारीलाई आजदेखि रुट पर्मिट खुला

    काठमाडौँ । आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दशैँमा आवत–जावतलाई सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन् ।

    यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाण्डौसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ । यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन ।

    ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमासम्म रोक लगाएको विभागका प्रवक्ता डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो । यो सडकखण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको हो ।

    यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी ओहोरदोहोर हुन्छन् । विशेषगरी चाडपर्वमा त झन् गाडीको संख्या दोब्बर तेब्बरले बढ्ने गरेको छ । दशैँका लागि बाहिरिने यात्रुको संख्या बढेसँगै केही दिन यता यो सडकखण्डमा लामो जाम हुने गरेको छ । अहिले पनि नागढुंगा नौबिसे सडकखण्डमा गाडी चापमा चलिरहेका छन् ।


    बिहिवार, आश्विन २१ २०७८०२:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij