Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित ८ जना दोषी ठहर, अरुले पाए सफाइ

साढे ३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित ८ जना दोषी ठहर, अरुले पाए सफाइ

  • मंगलवार, आश्विन १९ २०७८

  • 682
    SHARES

  • साढे ३३ किलो सुन तस्करी प्रकरण :  गोरेसहित ८ जना दोषी ठहर, अरुले पाए सफाइ

    काठमाडौं ।चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा ५६ जनाले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजसलासले प्रमाणको अभावमा भन्दै उनीहरुलाई सफाइ दिएको हो ।

    सुन तस्कारी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये २१ जना भने फरार छन्। उनीहरुको मुद्दालाई भने मुलतवीमा राखिएको छ।त्यस्तै ३३ किलो सुन प्रकरणमा भरिया रहेका सनम शाक्यको हत्यामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्म कैदको सजाय सुनाएको छ ।

    जन्म कैद सजाय पाउनेहरुमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । त्यस्तै राजन कुमारलाई ३ वर्ष र मदन घिमिरेलाई ६ महिना कैदको सजाय तोकिएको छ।

    २०७४ साल माघमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ किलो तस्करीको सुन हराएको थियो । त्यसपछि तस्करहरुको खोजी भइरहेका बेला सुन तस्करीमा भरिया तथा तस्करीको आरोप लागेका गोरे भनिने चुडामणि उप्रेतीका अकाउण्टेन्ट मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि बाहिरिएको भिडियोले सुनको ठूलो जालो सार्वजनिक भएको थियो ।

    घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सहसचिव इश्वर पौडेलको नेतृत्वको छानबिन समिति बनाएर यसको अध्ययन गरेको थियो । जसका आधारमा सुन तस्करीको अभियोगमा ७७ जना बिरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

    मुद्दामा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलमाथि पनि अभियोग लगाइएको थियो ।

    २०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

    घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप थियो। यस प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए ।

    घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।



    मंगलवार, आश्विन १९ २०७८०४:०६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij