Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतबाट १० लाख डोज कोभिसिल्ड खोप दुई हप्ताभित्रमा ल्याइने

भारतबाट १० लाख डोज कोभिसिल्ड खोप दुई हप्ताभित्रमा ल्याइने

  • सोमवार, आश्विन १८ २०७८

  • 638
    SHARES

  • भारतबाट १० लाख डोज कोभिसिल्ड खोप दुई हप्ताभित्रमा ल्याइने

    काठमाडौँ । भारतले नेपाललाई उपलब्ध गराउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप छिट्टै नेपाल ल्याइने भएको छ । भारतको ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले बाँकी खोप नेपाललाई उपलब्ध गराउने औपचारिक जानकारी दिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.सागर दाहालले बताउनुभयो ।

    उक्त खोप दुई हप्ताभित्रै नेपाल ल्याउनेगरी तयारी थालिएको दाहालले उहाँले बताउनुभयो । नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो । जसमध्ये १० लाख डोज प्राप्त भइसकेको छ भने बाँकी खोप दिन भारतले ढिलाइ गरेको थियो ।

    यसअघि भारतमा कोरोना महाममारी नियन्त्रण बाहिर गएको भन्दै त्यहाँको अदालतले खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धका कारण नेपालले खरिद गरेको खोपसमेत रोकिएको थियो । हालै भारत सरकारले खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको हो ।


    सोमवार, आश्विन १८ २०७८०७:११:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij