Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा सभा जुलुस गर्न प्रतिबन्ध , आफ्नै परिवारभित्र चाडपर्व मनाउन आग्रह

काठमाडौंमा सभा जुलुस गर्न प्रतिबन्ध , आफ्नै परिवारभित्र चाडपर्व मनाउन आग्रह

  • बिहिवार, आश्विन १४ २०७८

  • 347
    SHARES

  • काठमाडौंमा सभा जुलुस गर्न प्रतिबन्ध ,  आफ्नै परिवारभित्र चाडपर्व मनाउन आग्रह

    काठमाडौं । काठमाडौँमा बिहीबारदेखि सभा जुलुस गर्न रोक लगाइएको छ ।

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बिहीबार एक आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सभा जुलुस गर्न प्रतिबन्ध लगाउनु भएको छ ।

    कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै बढी भीडभाड हुने कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको हो । चाडपर्व तथा कोरोना महामारीलाई ध्यानमा राखेर आदेश जारी गरिएको छ ।

    चाडपर्व मनाउँदा पनि आफ्नै परिवारभित्रमात्र मनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

    यस्तै सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाटमात्र काट्न यात्रुहरुलाई आग्रह गरिएको छ । बसमा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक, सहचालकले मास्क, भाइजर र ग्लोभ्स लगाउनुपर्ने तथा बसको ढोकामा अनिवार्य स्यानिटाइजर राख्नुपर्ने आदेशमा उल्लेख छ ।


    बिहिवार, आश्विन १४ २०७८०१:२४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij