Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पत्रकार शिवाकोटीद्धारा हजुरबुवाको स्मृतिमा गृहजिल्लामा पुरस्कार स्थापना

पत्रकार शिवाकोटीद्धारा हजुरबुवाको स्मृतिमा गृहजिल्लामा पुरस्कार स्थापना

  • मंगलवार, आश्विन १२ २०७८

  • 725
    SHARES

  • पत्रकार शिवाकोटीद्धारा हजुरबुवाको स्मृतिमा गृहजिल्लामा पुरस्कार स्थापना

    काठमाडौं । नेपाल प्रेस युनियनका महासचिव एवं चर्चित पत्रकार अजयबाबु शिवाकोटीले गृह जिल्ला दोलखामा आफ्ना स्वर्गिय हजुरबुबा नन्दप्रसाद शिवाकोटीको स्मृतिमा पुरस्कार स्थापना गर्नु भएको छ ।

    नेपाल प्रेस युनियन दोलखा शाखाले सदरमुकाम चरिकोटमा गरेको कार्यक्रम मार्फत घोषणा गरिएको बार्षिक २५ हजार राशीको पुरस्कार शिक्षा तथा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकाहरुलाई प्रदान गरिने भएको छ ।

    भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका नन्द प्रसाद शिवाकोटी २०१५ साल अघि दोलखा कांग्रेसको सभापति हुनुहुन्थ्यो । दोलखाको पहिलो बिद्यालय क्षमावती माविका संस्थापक रहेका शिवाकोटीले दोलखा जिल्लामा शैक्षिक विकासको अभियान थाल्नु भएको थियो ।

    आफ्ना स्वर्गिय हजुरबुबाले शिक्षा क्षेत्रको विकासमा गरेको योगदानको सम्झनामा हरेक बर्ष प्रदान गरिने पुरस्कार प्रेस युनियन जिल्ला शाखा मार्फत वितरण गरिने शिवाकोटीले जानकारी दिनुभयो ।

    युनियनका जिल्ला अध्यक्ष दीपशंकर चौलागाईको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रुद्र खड्का, पूर्व सभापतिहरु ताराबहादुर कोईराला, उद्धवराज काफ्ले, नेताहरु बर्मा लामा, ईश्वरनारायण मानन्धर, केशबराज चौलागाई, ताराकुमार खड्का लगायतले शिवाकोटीले उदाहरणीय कार्य गरेकोभन्दै प्रशंसा गरेका थिए ।

     


    मंगलवार, आश्विन १२ २०७८०७:४६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij