Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

सरकारले सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ पनि खुला गर्ने
  • सोमवार, आश्विन ११ २०७८

  • 665
    SHARES

  • दसैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

    काठमाडौँ । बडादसैं लगायतका चाडपर्वका लागि काठमाडौँ बाहिरका यात्रुका लागि आज (सोमबार)देखि अग्रिम ‘टिकट बुकिङ’ खुला गरिएको छ । कोभिड–१९ को महामारीको समयमा सकेसम सम्बन्धित बसको टिकट काउन्टरमा नगई अनलाइनबाट टिकट बुकिङ गर्न मिल्ने व्यवस्था गरिएको छ ।

    काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’समेत थप गरिएको छ । सरकारले भोलिदेखि दसैंमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै ‘टिकट काउन्टर’ थप गरिएको हो ।

    नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङ बिहान ७ बजेदेखि सुरु गरिएको बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ ।

    रुट इजाजत खुला

    सरकारले सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । दसैंको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।

    सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा महानिर्देशक घिमिरेले सो जानकारी गराएका हुन् । यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’ मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उनले स्पष्ट पारे ।

     


    सोमवार, आश्विन ११ २०७८०६:५९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij