Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरका विद्यालय आजदेखि भौतिक रूपमा सञ्चालन हुने

काठमाडौं महानगरका विद्यालय आजदेखि भौतिक रूपमा सञ्चालन हुने

  • आइतवार, आश्विन १० २०७८

  • 1.1K
    SHARES

  • काठमाडौं महानगरका विद्यालय आजदेखि भौतिक रूपमा सञ्चालन हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आज (आइतबार) देखि भौतिक रूपमा सञ्चालन हुने भएका छन् ।

    नगर शिक्षा समितिको हालै सम्पन्न बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेसँगै कोरोना महामारीका कारण वैशाखको दोस्रो साता बन्द भएका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका हुन् ।

    काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् ।

    भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गर्नुपर्ने महानगरकोे भनाइ छ ।

    अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने तत्काल भौतिक कक्षा सञ्चालन गर्न वाध्य नपारिने महानगरले जनाएको छ ।

    काठमाडौं उपत्यकामा केही स्थानीय तहले भने यसअघि नै विद्यालय सञ्चालन गरिसकेका छन् ।


    आइतवार, आश्विन १० २०७८०८:३५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij