Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

इलेन स्कुलको राम्रो अभ्यास: प्रधानाध्यापकहरुलाई नेतृत्व क्षमता विकास तालिम

इलेन स्कुलको राम्रो अभ्यास: प्रधानाध्यापकहरुलाई नेतृत्व क्षमता विकास तालिम

  • शुक्रवार, आश्विन ८ २०७८

  • 1.0K
    SHARES

  • इलेन स्कुलको राम्रो अभ्यास: प्रधानाध्यापकहरुलाई नेतृत्व क्षमता विकास तालिम

    काठमाडौं । काठमाडौको नागार्जुन नगरपालिकामा रहेको इलेन मेमोरियल स्कुलले विभिन्न विद्यालयका प्रधानाध्यापक एवं सह प्रधानाध्यापकहरुलाई नेतृत्व क्षमता विकास तालिम दिएको छ । तालिममा देशभरका ७७ वटै जिल्लाका ४७८ जनाको सहभागिता रहेको इलेन स्कुलका प्राध्यानाध्यापक जयराम चापागाइले जानकारी दिनुभयो ।

    प्रधानाध्यापकमा असल, व्यवहारिक र प्रभावकारी नेतृत्व सिप र योजना निर्माण तथा कार्यान्वयन कुशलता आवश्यक पर्ने हुनाले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

    आन्तरिक तथा बाह्य स्रोत पहिचान गरी विद्यालयमा उपलब्ध सबै किसिमका स्रोत र समुदायको विविधताको उपयोग गर्ने, विद्यालयलाई सबैको साझा र अपनत्वभावको स्थल बनाउने, आकर्षक र सुरक्षित तुल्याउने, विविध भाषा, संस्कृति, मूल्य मान्यता र स्थानीय विशेषताको संरक्षण गर्ने विषयमा पनि प्रशिक्षण दिइएको उहाँको भनाई छ ।

    प्रधानाध्यापकले विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारीहरु, अविभावक, समुदायका अगुवासँगै विभिन्न सङ्घ संस्था, सरोकारवाला निकायसँग गर्नु पर्ने समन्वय र सम्वन्धका बारेमा पनि छलफल भएको प्रधानाध्यापक चापागाईले जानकारी दिनुभयो ।

    कार्यक्रमका सहजकर्ता लक्ष्मण श्रेष्ठले समुदायलाई विकास र समृद्धितर्पm उन्मुख गराउन पनि प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिकाको हुने भएकाले उनीहरुलाई नेतृत्व र क्षमता विकास तालिमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रमका प्रशिक्षक तथा सहजकर्ता बोध कुमार खनालले प्रधानाध्यापकमा नेतृत्वको विकास, संस्थागत विकास र मानवीय उत्प्रेरणाका लागि अति आवश्यक गुणहरुका बारेमा छलफल गराउनु भएको थियो ।

    शिक्षकहरुलार्य सधैँ विद्यार्थी, अभिभावक था समाजप्रति उत्तरदायी, जवाफदेही बनाएर आफ्नो कार्यप्रति लाग्नका लागि उचित वातावरण सिर्जना गर्नु गराउनु पर्ने कला र क्षमता पनि प्रधानाध्यापकमा हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

    मानवको चौतर्फि विकास र उन्नतिका लागि, मानवीय आवश्यकता परिपुर्तिका लागि विद्यालयहरू र विद्यालयका नेतृत्वदायी अंगहरुसँगै शिक्षकहरु नै महत्वपूर्ण हुने उदाहरणहरु प्रशिक्षक खनालले प्रस्तुत गर्नुभएको थियो । स्वागत मन्तव्य व्यक्त गर्दै इलेन मेमोरियल स्कुलका प्रिन्सिपल जयराम चाँपागाईले आफ्नो विद्यालय एक्काईसौं शताब्दी सुहाँउँदो शिक्षा, सिप, ज्ञान र चरित्र निर्माणका खातिर लागि परेको र आवश्यकताका आधारमा सरकारी सामुदायिक विद्यालयलाई अगाडि बढ्न सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

    वहाँले विद्यालयमा विज्ञान र व्यवस्थापनमा कक्षा ११ र १२ मा नेपालमै तुलनात्मक रुपमा कम शुल्कमा स्तरिय शिक्षा दिएको जानकारी दिनुभयो ।

    विद्यालयका प्रमुख कार्यकारी प्रमुख सृजना रंंजितले कुनै पनि संघसस्था वा सङ्गठनलाई सफल र प्रभावकारी रूपमा सञ्चालन गर्न कुशल र सक्षम नेता र नेतृत्वको आवश्यकता पर्ने हुनाले इलेन स्कुलले सरकारी र संस्थागत विद्यालयका प्रधानाध्यापकहरु, सहायत प्रधानाध्यापकहरु र शिक्षकहरुलाई नेतृत्व क्षमता विकास तालिम आयोजना गरेको बताउनुभयो ।

    उहाँले माइक्रोसफ्ट सर्टिफाईड नेपालको पहिलो स्कुल भएकोले पनि इलेन स्कुलले सुचना, संचार र विज्ञान तथा प्रविधिको यथोचित प्रयोग गरी नर्सरी देखि कक्षा १२ सम्मको शिक्षा उपलब्ध गराईरहेको जानकारी दिनुभयो ।

    विद्यालयका विभागिय प्रमुख अभिशेक ज्ञवालीले सही व्यवस्थापन नहुँदा असल काम पनि प्रभावकारी नहुने भएकोले यस्तो प्रशिक्षणको खाँचो महसुस गरेर कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

    उहाँले आगामी दिनमा शैक्षणिक प्रबन्ध, प्रशासन सुव्यवस्था, अनुसन्धान र विकास लगायत अन्य शैक्षिक विषयहरुमा पनि तालिम आयोजना गरिने जानकारी दिनुभयो । कार्यक्रममा सहभागी महेश्वर झाले कार्यक्रम अति प्रभावकारी र उपयोगी भएको बताउनुभयो भने अर्का सहभागी उत्तम बहादुर तामाङ्गले आगामी दिनमा विद्यालय विकास प्रस्ताव निर्माण कार्यक्रम गर्न सुझाव दिनुभयो ।

    त्यसैगरी भर्चुअल शिक्षण सिकाई प्रकृया र सुविधा उपयोग, शैक्षिक सुचना प्रणालीका बारेमा तालिम कार्यशाला आयोजना गर्न पनि उहाँले अनुरोध गर्नुभयो ।

    अर्का सहभागी मोचनाथ न्यौपानेले ईलेन मेमोरियल स्कुलले कोभिडका विरामीका लागि पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर सापटी कार्यक्रम निःशुल्क रुपमा संचालन गरेको सुन्दा आफुलाई अत्यन्त खुशी लागेको र आगामी दिनमा पनि यस्तै सामाजिक दायित्व निर्वाहमा अब्बल भएको हेर्न चाहेको बताउनुभयो ।

     

     


    शुक्रवार, आश्विन ८ २०७८१०:३६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij