Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

त्रिशूली नदीमा कार खस्योः एक जना घाइते, तीन जना बेपत्ता

त्रिशूली नदीमा कार खस्योः एक जना घाइते, तीन जना बेपत्ता

  • शुक्रवार, आश्विन ८ २०७८

  • 956
    SHARES

  • त्रिशूली नदीमा कार खस्योः एक जना घाइते, तीन जना बेपत्ता

    काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ ।

    गएराति पौने २ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोलाबाट ग २ च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनु भएको छ । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारमा रहेका अरु तीन जना भने बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका–१७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार हराएकाहरुको बिहानैदेखि खोजी भइरहेको छ । कार अनियन्त्रित भएर नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।


    शुक्रवार, आश्विन ८ २०७८०८:१२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij