Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

असोज ११ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

असोज ११ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

  • शुक्रवार, आश्विन ८ २०७८

  • 523
    SHARES

  • असोज ११ देखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने

    काठमाडौँ। काठमाडौँ उपत्यकाबाट दशैंमा घर जानेहरुका लागि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।

    यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

    यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने माग राख्दै आएका भए पनि सडक मर्मत गर्ने वचनपछि टिकट खुलाउन सहमत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

    बैठकमा उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले दशैँमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका थिए ।

    प्रवक्ता भुसालले यही असोज ११ गतेदेखि दशैँका लागि अग्रिम टिकट बिक्री खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको बताए ।

    बसको टिकट अनलाइनमा काट्ने व्यवस्था मिलाउन प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

     


    शुक्रवार, आश्विन ८ २०७८०६:२८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij