Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गुल्मीमा पहिरोः एकै परिवारका तीन जनाको मृत्यु

गुल्मीमा पहिरोः एकै परिवारका तीन जनाको मृत्यु

  • बुधवार, आश्विन ६ २०७८

  • 869
    SHARES

  • गुल्मीमा पहिरोः एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौँ- गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

    मंगलबार राती १२ बजेतिर भारी वर्षासँगै खसेको पहिरोले घर पुरिँदा रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

    मृतक तीनै जना दिदीबहिनी रहेको डीएसपी पाण्डेले जानकारी दिए । गंगा–जमुना जुम्ल्याहा हुन् । पहिरोले एक तले पक्की घर पुरिँदा बीचको कोठामा सुतेका तीन उनीहरुको मृत्यु भएको पाण्डेले बताए ।

    तीलकको ६ जनाको परिवारमा उनीसहित श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ ।


    बुधवार, आश्विन ६ २०७८०७:४८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij