काठमाडौं । सरकारले आज (आइतबार) संविधान दिवसका अवसरमा सार्वजनिक गरेको विभुषित हुनेहरुको सुचिमा दर्जनौ पत्रकारहरु पनि परेका छन् । उनीहरुलाई विभिन्न मान–पदवी, अलङ्कार र पदकबाट विभूषित गरिने भएको हो ।
प्रकाशित सुचीअनुसार सुप्रवल जनसेवा श्री पदक पाउने पत्रकारहरुमा तारानाथ दाहाल, डा. सुरेश प्रसाद आचार्य, हरिबिनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरि बहादुर थापा रहेका छन् ।
त्यसैगरी कृतिमय राष्ट्रदिप पदक ओम शर्मा, गुणराज लुइटेल, महेश्वर दाहालले पाउनुहुने भएको छ । त्यस्तै प्रवल सेवा श्री पदकबाट पत्रकार कविर राणा, बद्री सिग्देल, ऋषि धमला, अजयबाबु सिवाकोटी, नेत्र कुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणी पोखरेल, रविन सायमी, रवि मिश्र, अनिता विन्दु, निता सापकोटा, डा. बालकृष्ण चाँपागाई, भिष्मराज ओझा, शालिकराम सुवेदी, गोविन्द धिताल, माधव ढुङगाना, प्रकृती अधिकारी, गिरीराज निरौला विभूषित हुनुहुने भएको छ ।
यसैगरी पत्रकारहरु नारायण अमृत, चन्द्रशेखर कार्की, भुवन शर्मा, भरतबन्धु थापा, दिपक खरेल, गिरीजापसाद अधिकारी, प्रभात कुमार झा, किसन राई, खगेन्द्र अधिकारी, सुनिल महर्जन, रोशन सापकोटा, नगेन्द उपाध्याय, विष्णु खड्का, रेखा भुषाल, बृजकुमार यादव, आकांक्षा शाह, नरेन्द्र कुमार साउँद, लिला बराल, राममाया भट्टराई, भवानी कार्की, बृजलाल पासवान, डम्बर बहादुर अधिकारीलाई जनसेवा श्री पदकबाट सम्मान गरिने भएको छ ।