Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

निर्मला हत्या प्रकरणः कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित ८ जनाले पाए सफाइ

निर्मला हत्या प्रकरणः कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित ८ जनाले पाए सफाइ

  • बिहिवार, श्रावण १५ २०७७

  • 510
    SHARES

  • निर्मला हत्या प्रकरणः कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित ८ जनाले पाए सफाइ

    कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण लोप गरेको आरोप लागेका तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी अधिकारीले सफाइ पाएका छन् । उनिहरु विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा जिल्ला अदालत कञ्चनपुरले सफाइ दिएको हो ।

    कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माका अनुसार जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको हो । उनीहरुविरुद्ध निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी मुद्धा परेको थियो । मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्ट र इन्सपेक्टर जगदिश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएका थिए ।

    निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।


    बिहिवार, श्रावण १५ २०७७०४:२७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij