Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मन्थलीमा बोलेरो जिप दुर्घटना, तीन जनाको, एक गम्भीर घाइते

मन्थलीमा बोलेरो जिप दुर्घटना, तीन जनाको, एक गम्भीर घाइते

  • बिहिवार, भाद्र ३१ २०७८

  • 794
    SHARES

  • मन्थलीमा बोलेरो जिप दुर्घटना, तीन जनाको, एक गम्भीर घाइते

    काठमाडौँ । काठमाडौंदेखि ओखलढुंगातर्फ जाँदै गरेको बोलेरो जिप रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
    प्रदेश ३–०१०२३ च ३५१३ नम्बरको डबल क्याप बोलेरो जिप आज बिहीबार बिहान ९ बजे मन्थली नगरपालिका– ६ हात्तीसारस्थित कुनौलीमा दुर्घटना भएको हो।

    जिपमा सवार चारजनामध्ये चालक लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र गाडीधनी वाङ्छे शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। १२ वर्षीय पेम्बा शेर्पा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्रीशंकर श्रेष्ठले अप्ठ्यारो बाटोमा तीव्र गति भएका कारण जिप दुर्घटना भएको हुन सक्ने बताउनु भएको छ । उहाँका अनुसार जिप घुम्तीमा दुर्घटना भएको थियो।


    बिहिवार, भाद्र ३१ २०७८०२:५४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij