Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सङ्खुवासभा हत्या प्रकरण : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

सङ्खुवासभा हत्या प्रकरण : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

  • बिहिवार, भाद्र ३१ २०७८

  • 1.1K
    SHARES

  • सङ्खुवासभा हत्या प्रकरण : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ

    काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा थप एक जना पक्राउ परेका छन् । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरेको २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नियन्त्रणमा लिएको हो ।

    लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

    हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् । हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

    तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको बताइएको छ ।


    बिहिवार, भाद्र ३१ २०७८१०:२३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij