Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

धमाधम खुल्दै शिक्षण संस्था, के भन्छन् जनस्वास्थ्यविद् ?

धमाधम खुल्दै शिक्षण संस्था, के भन्छन् जनस्वास्थ्यविद् ?

  • बुधवार, भाद्र ३० २०७८

  • 573
    SHARES

  • धमाधम खुल्दै शिक्षण संस्था, के भन्छन् जनस्वास्थ्यविद् ?

    काठमाडौँ । तुलनात्मक रुपमा देशभर कोरोना संक्रमणदर न्यून हँुँदै गएपछि भौतिक उपस्थितिमै धमाधम विद्यालय खुल्न थालेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्यमा कमि आउनुका साथै निको हुने दर बढ्दै गएपछि विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन् ।

    केन्द्र सरकारले जोखिम मूल्याङ्कन र विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)सँग समन्वय गरेर भौतिक उपस्थितिमा विद्यालय सञ्चालनबारे निर्णय स्थानीय तहलाई भनेपछि विद्यालय खुल्न थालेका हुन् ।

    विद्यालय खोल्नुभन्दा पहिले स्थानीय निकायका स्वास्थ्य संस्थासँग समन्वय गरि परीक्षण, उपचार र ट्रेसिङको समुचित व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाअनुसार डिसीसीएमसीले गरेको सिफारिसको आधारमा मात्र विद्यालय खोल्न भनिएको मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले स्पष्ट पार्नुभयो ।

    दैनिक ५ सयको हाराहारीमा संक्रमित थपिने गरेका काठमाडौँ उपत्यकामा समेत केही स्थानीय तहका विद्यालय खुलिसकेका छन्, केही खुल्ने क्रममा छन् । ठाउँअनुसार संक्रमणको अवस्था एउटै नभएकाले विद्यालयको अवस्था र मापदण्ड पालना गर्न सकिने स्थितिलाई हेरेर विद्यालय सञ्चालनबारे निर्णय लिइने भन्दै यसले जोखिम नबढाउने स्वास्थ्य प्रवक्ता पोडेलको संकेत छ ।

    school-1_gxxtixPhOB.jpg

    यता, चिकित्सकहरुले भने जोखिम कायमै रहेको भन्दै सचेत गराएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले संक्रमित घटेपनि जोखिम कायमै रहेको बताउनुभयो । विद्यालय सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड पालनामै जोड दिनुपर्ने डा. पुनको भनाइ छ ।

    यस्तै, जनस्वास्थ्यविद् डा. शरद वन्तले बालबालिकालाई विद्यालय पठाउँदा हुने सम्भावित जोखिम र फाइदा तथा नपठाउँदा हुने नकरात्मक वा सकारात्मक पक्षको विश्लेषणात्मक तुलना गर्नुपर्ने बताउनुभयो । त्यसरी तुलना गर्दा बढी नकरात्मक देखिने कदमलाई रोक्नुपर्ने उहाँ बताउनुहुन्छ ।

    school-1_gxxtixPhOB.jpg

    उहाँले अहिलेको अवस्थामा विद्यालय सञ्चालन गर्दा विद्यालय र अभिभावकको दायित्व अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । विगतमा जस्तै गरि विद्यालय सञ्चालन गर्दा यसले ठूलो जोखिम निम्त्याउने जनस्वास्थ्यविद् डा. वन्तको चेतावनी छ ।

    कोरोनाले नेपालमा मात्र अहिलेसम्म झण्डै ११ हजारको ज्यान लिइसकेको छ । ७ लाख ८० हजार ८२४ जना कुल संक्रमितमध्ये ७ लाख ४३ हजार ५२६ जनाले भने कोरोनालाई पराजित गरिसकेका छन् ।

    यसअघि नै दुई लहरको सामना गरिसकेको मुलुकले अब फेरि हतारमा निर्णय लिँदा तेस्रो लहरका रुपमा विगतकै नियति भोग्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ स्वास्थ्य र शिक्षा क्षेत्रसँग सम्बन्धीत कुनै पनि निर्णय लिँदा रहेक निकाय अत्यन्तै गम्भीर हुनुपर्ने देखिन्छ ।


    बुधवार, भाद्र ३० २०७८०८:१४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij