Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा बिहानै वर्षा, आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौंमा बिहानै वर्षा, आज कहाँ-कहाँ पर्छ पानी ?

  • बुधवार, भाद्र ३० २०७८

  • 1.0K
    SHARES

  • काठमाडौंमा बिहानै वर्षा, आज कहाँ-कहाँ पर्छ पानी ?

    काठमाडौं - आज बुधबार बिहान काठमाडौंसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

    राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

    बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बिहीबार राति प्रदेश २ र बागमतीका केही अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। 


    बुधवार, भाद्र ३० २०७८०७:१९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij