Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

  • मंगलवार, भाद्र २९ २०७८

  • 574
    SHARES

  • गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

    काठमाडौं । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । 

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-१० स्मृतिपुल नजिकै सु.प्र.०२-००१  ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ ।मृतकको परिचय खुल्न सकेको छैन ।

    दुर्घटनामा बस र ट्रकका चालकसहित २४ जना घाइते भएका छन् ।  उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।


    मंगलवार, भाद्र २९ २०७८०८:३३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij