Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

चार महिनादेखि बन्द देशभरका होटल तथा रेष्टुराँहरु आजबाट खुले

चार महिनादेखि बन्द देशभरका होटल तथा रेष्टुराँहरु आजबाट खुले

  • बिहिवार, श्रावण १५ २०७७

  • 751
    SHARES

  • चार महिनादेखि बन्द देशभरका होटल तथा रेष्टुराँहरु आजबाट खुले

    काठमाडौं । कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि घोषणा गरिएको लकडाउनका कारण विगत ४ महिनादेखि बन्द होटल तथा रेष्टुराँहरु आजबाट खुलेका छन् । सरकारले श्रावण १५ बाट होटलहरु खोल्न पाउने निर्णय गरेपछी आजबाट देशभरका होटलहरु खुलेका हुन् ।

    होटल संघ नेपाल हानले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरी होटलहरु सञ्चालनमा ल्याइएको जनाएको छ । आजैबाट पर्यटकीय नगरी पोखरा र चितवनको सौराहा होटलहरु पनि खुलेका छन् ।

    पर्यटकीय प्रमुख गन्तव्यको रुपमा रहेको पोखराका होटेल व्यवसाय आन्तरिक पर्यटकलाई लक्षित गरी खुल्ने पोखरा होटेल व्यवसायी संघले जनाएको छ ।

    कोरोनाको महामारी अझै समाप्त नभइसकेको र हवाई उडानहरुपनि सञ्चालनमा नआईसकेकाले आन्तरिक पर्यटकहरुलाई लक्षित गर्नुको विकल्प नभएको होटेल व्यवसायीहरुले बताएका छन् ।


    बिहिवार, श्रावण १५ २०७७०२:१५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij