धनगढी – धनगढीमा झ्यालको जाली काटेर चोरी भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का घनश्याम भट्टको घरमा झ्यालको जाली काटेर चोरी भएको हो।
कोठामा राखिएको एक लाख बढी मूल्य पर्ने आइफोन र ६० हजारको अर्को मोबाइल झ्यालको जाली काटेर चोरी भएको उनले जानकारी दिए ।
भट्टले सो क्षेत्रमा प्रहरीको सक्रियता घट्दै गएपछि चोरीका घटना बढ्दै गएका बताए ।
प्रहरी चौकी कैलाली गाउँका प्रहरी सहायक निरीक्षक नैनसिंह साउँदले चोरीमा संग्लनको खोजी भइरहेको बताए ।