Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको कोरोना परिक्षण गरिने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको कोरोना परिक्षण गरिने

  • बिहिवार, श्रावण १५ २०७७

  • 951
    SHARES

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको कोरोना परिक्षण गरिने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै खेलाडीको कोरोना परिक्षण गरिने भएको छ। खेलाडीहरुको नेपाल क्रिकेट संघ (क्यान) को पहलमा स्वास्थ्य मन्त्रालयले पिसिआर परिक्षण गर्न लागेको हो । यसबारे छलफल गर्न क्यानका पदाधिकारी बुधबार स्वास्थ्य मन्त्रालय पुगेका थिए । क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले साउन २७ वा २८ मा सबै खेलाडीको पिसिआर परिक्षण गर्ने जनाएको छ ।

    त्यस्तै टीयु मैदानमा कार्यरत सबै कर्मचारीको (ग्राउन्ड स्टाफ) पनि पिसिआर परिक्षण हुँने छ । क्यानले ६ महिनापछि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने तयारी गरेको छ । भदौ पहिलो सातादेखि खेलाडीलाई प्रशिक्षणमा बोलाउने तयारी रहेको र त्यसअघि पिसिआर परिक्षण गर्न लागेको बुझिएको छ ।

    आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज सेप्टेम्बरमा हुने सम्भावना रहेकाले पनि प्रशिक्षणका लागि तयारी गर्न लागिएको हो।बुधबार नै राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवालले नामिबियामा हुने सिरिज सेप्टेम्बरमा गर्ने प्रस्ताव आएकाले क्यानले त्यसबारे अध्ययन गरिरहेको जानकारी दिएका  छन् ।


    बिहिवार, श्रावण १५ २०७७१२:२५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij