काठमाडौं । सरकारले बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने भएको छ।
सोमबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिपी कोइरालाको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको बताउनु भएको छ ।
’नेपालको लोकतान्त्रिक स्थापनाका लागि आजीवन र अनरवत संघर्षरत रहेका प्रजातान्त्रिक योद्धा स्वर्गीय बिपी कोइरालाको नाममा बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने,’ उहाँले मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिदै भन्नुभयो।