Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बाढी, पहिरो र डुबानमा परेकालाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

बाढी, पहिरो र डुबानमा परेकालाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

  • सोमवार, भाद्र २१ २०७८

  • 489
    SHARES

  • बाढी, पहिरो र डुबानमा परेकालाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई टेलिफोन गरेर जिल्लामा भएका घटनाबारे जानकारी लिनुभएको छ ।

    उहाँले निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेकाहरूलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिनुभएको छ ।

    गृहमन्त्री खाँणले रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरी रातभर लगातार भएको वर्षाका कारण आएको पहिरो र बाढीको असरबारे जानकारी लिनुभयो।

    प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको रोल्पा नगरपालिका–१० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

    ७० वर्षीय गौरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रजिअ सापकोटाले जानकारी दिनुभएको छ । घटनामा हिमाका बाबु मनबहादुर रोका र आमा भीमकुमारी रोका घाइते भएका छन् ।

    मनबहादुरको अवस्था गम्भीर रहेको र उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अस्पतालसम्म पु¥याएको उहाँले बताउनुभयो।
    यस्तै रोल्पाकै सुनिलस्मृति गाउँपालिका–४ मा फगाम खोला स्थानीय वीरबहादुर घर्तीको ग्यारेजमा पसेर रा १ ख २०६८ नम्बरको बस बगाएको छ ।

    मन्त्री खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफोन गरी रातभरको वर्षापछिको अवस्थाबारे जानकारी लिनुभएको छ ।

    प्रजिअ अधिकारीले अहिलेसम्म जिल्लामा ३८५ घर टहरा डुबानमा परेको, २३२ जनाको उद्धार गरिएको र एउटा झोलुंगे पुलमा असर पु¥याएको जानकारी मन्त्रीलाई गराएको बताउनु भएको छ ।

    विशेषगरी काठमाडौंका १० स्थान डुबानमा परेको उहाँले जानकारी दिनुभयो।ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई टेलिफोन गरेर गृहमन्त्री खाँणले नख्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिनुभएको छ ।

    कारागारमा आइतबार अपरान्ह चौकीदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि उनले त्यसबारे प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिनुभएको हो।

    मन्त्री खाँणले लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको असरबारे कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग पनि जानकारी लिनुभएको छ ।

    सबै प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको उपयोग गरेर राहत र उद्धार गर्न निर्देशन दिए ।


    सोमवार, भाद्र २१ २०७८०५:००:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij