Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

संखुवासभमा एकै परिवारका ६ जनाको हत्या

संखुवासभमा एकै परिवारका ६ जनाको हत्या

घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन
  • सोमवार, भाद्र २१ २०७८

  • 567
    SHARES

  • संखुवासभमा एकै परिवारका ६ जनाको हत्या

    काठमाडौँँ । संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

    घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । उहाले घटनामा संलग्न र घटनाको वास्तविकता चाडै बाहिर ल्याउने बताउनुभएको छ ।

    प्रहरीले घटना संलग्न नउम्किउन् भनेर सतर्कता अपनाएको छ । एसपी राईका अनुसार घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा निगरानी बढाइएको छ ।

    प्रहरीका अनुसार ६ जनालाई धारिलो हतियारले हानेर हत्या गरेको पाइएको छ । परिवारका केही सदस्यको घर भित्र र केहीको शव घर बाहिर फेला परेको छ । परिवारका एक जना वृद्ध सदस्य भने जोगिएको प्रहरीले बताएको छ । उनी घाइते छन् । उनी आँखा पनि नदेख्ने र कामपनि नसुन्ने अवस्थाका रहेको बताइएको छ ।

    प्रहरीका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको हो । ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको छन् ।

    यसैगरी जिल्लाको प्रहरीको टोलीपनि घटना स्थलतर्फ गएको छ । घटना भएको घर गाउँको एकान्तमा रहेको बताइएको छ । घटना गएराति नै भएको अनुमान गरिएको छ भने बिहानमात्रै प्रहरीले खबर पाएको थियो ।


    सोमवार, भाद्र २१ २०७८०२:४८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij