Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पहिरोले घर पुर्दा दुई बालकसहित ३ जनाको मृत्यु

पहिरोले घर पुर्दा दुई बालकसहित ३ जनाको मृत्यु

  • सोमवार, भाद्र २१ २०७८

  • 637
    SHARES

  • पहिरोले घर पुर्दा दुई बालकसहित ३ जनाको मृत्यु

    पतिकात्मक तस्बिर ।

    काठमाडौँ । रोल्पाको रोल्पा नगरपालिका– १० धवाङमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ । पहिरोले स्थानीय पूर्णबहादुर थापाको घर पुरेको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।

    नगरपालिकाका मेयर पूर्ण केसीका अनुसार पहिरोमा परी ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको हो । उनीहरूको नाम भने खुलिसकेको छैन । घटनामा परी मृतक बालककी आमा घाइते भएको मेयर केसीले बताउनुभयो ।

    पहिरोले घर पुरेको जानकारी आएलगत्तै प्रहरी टोली त्यसतर्फ लागेको छ । बाटोमा पहिरो गएकाले प्रहरीलाई घटनास्थल पुग्न समस्या भइरहेको मेयर केसीले बताउनुभयो ।

    यस्तै, जाजरकोटमा एक बालकको घरमाथिबाट आएको पहिरोमा परेर मृत्यु भएको छ । नलगाड नगरपालिका–५ ढार सिर्केमा पहिरोले घर पुरिँदा १० वर्षीय बालक प्रचण्ड खड्काको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति घरभन्दा करिब तीन सय मिटर माथिबाट ठूलो ढुंगासहित आएको पहिरोमा परेर खड्काको मृत्यु भएको हो ।

     


    सोमवार, भाद्र २१ २०७८०९:२९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij