काठमाडौं । आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । बुधबार तोलाको ९८ हजार ५०० मा कारोबार भएको सुन मुल्य ५०० ले बढेर प्रतितोला ९९ हजार पुगेको हो । यो हालसम्मकै उच्च मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चैत १० गते ७७ हजार रहेको सुनको मूल्य ११ गतेदेखि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागी लकडाउन गरेसँगै कारोबार बन्द गरिएको थियो ।
त्यसको साढे दुई महिनापछि जेठ २५ गते महासंघले नयाँ मूल्य तोकेको हो । त्यतिबेला ८७ हजार ४०० मूल्य कायम गरिएको थियो । त्यसयता लगातार सुनको मूल्य बढिरहेको छ ।
आज तेजाबी सुनको मूल्य ९८ हजार ५६० तोकिएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २२५मा कारोबार भइरहेको छ ।