Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पर्वतमा पहिरो जाँदा ५ जनाको मृत्यु, तीन बेपत्ता

पर्वतमा पहिरो जाँदा ५ जनाको मृत्यु, तीन बेपत्ता

  • शुक्रवार, भाद्र १८ २०७८

  • 967
    SHARES

  • पर्वतमा पहिरो जाँदा ५ जनाको मृत्यु, तीन बेपत्ता

    पर्वत । पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

    लगातारको वर्षापछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो ।

    प्रहरीका अनुसार कुश्मा नगरपालिका –३ दुर्लुङमा पहिरोले एकै घरका ५ जना पुरिएकोका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले पहिरोमा पुरिएका ५ जनामध्ये २ जना मृत अवस्थामा फेला परेको जानकारी दिए ।

    १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको र ३ जना बेपत्ता रहेकाले खोजी भइरहेको उनले बताए ।

    यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

    यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।


    शुक्रवार, भाद्र १८ २०७८०८:१३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij