Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

हवाई यात्रामा आजदेखि फेसशिल्ड लगाउन नपर्ने

हवाई यात्रामा आजदेखि फेसशिल्ड लगाउन नपर्ने

  • बुधवार, भाद्र १६ २०७८

  • 1.3K
    SHARES

  • हवाई यात्रामा आजदेखि फेसशिल्ड लगाउन नपर्ने

    काठमाडौं । आन्तरिक हवाई यात्रामा अनिवार्य गरिएको फेसशिल्डको प्रयोग हटाइएको छ । आज(बुधबार)देखि लागु हुने गरी फेसशिल्डको अनिवार्य प्रयोग हटाइएको वायुसेवा संचालक संघले जनाएको छ ।

    संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी फाल्दा फोहोर समेत फैलिएको भन्दै वायुसेवा कम्पनीहरुले फेसशिल्ड वितरण बन्द गरेका हुन् ।

    अनिवार्य फेसशिल्डको प्रयोग हटाई मास्क मात्र लगाए पुग्ने गरी निर्णय गरिएको संघले जनाएको छ ।

    अन्तर्राष्ट्रिय उडानका वायुसेवामा भने मास्क मात्र लगाए पुग्ने व्यवस्था थियो ।

    कोरोना महामारीका बीच हवाई यात्रामा क्रममा संक्रमण नफैलियोस भन्ने उद्देश्यले फेसशिल्ड लगाउनै पर्ने व्यवस्था गरिएको थियो ।

    वर्षायामका कारण सडक यातायातमा सास्ती भइरहेका समयमा हवाई यात्रामा यात्रुको चाप अत्यधिक बढेको छ । सोही अनुसार कम्पनीहरुले उडान संख्या समेत वृद्धि गरेका छन् ।


    बुधवार, भाद्र १६ २०७८०८:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij