Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

एक महिना देखि थुप्रिएको काठमाडौंको फोहोर आजदेखि उठाइने

एक महिना देखि थुप्रिएको काठमाडौंको फोहोर आजदेखि उठाइने

  • बुधवार, भाद्र १६ २०७८

  • 939
    SHARES

  • एक महिना देखि थुप्रिएको काठमाडौंको फोहोर आजदेखि उठाइने

    काठमाडौं । काठमाडौंमा झण्डै एक महिना देखि थुप्रिएको फोहर आज (बुधबार) देखि उठ्ने भएको छ। नुवाकोटको सिसडोलमा वर्षाले फोहर फाल्न समस्या भएपछि काठमाडौंका सडकमा थुप्रिएको फोहरको डंगुर आजदेखि उठ्न लागेको हो।

    वर्षाले मात्रै नभएर स्थानीयले फोहर विसर्जनमा अवरोध गरेका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो।

    हिजो काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच एक सम्झौता भएपछि फोहर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको हो।

    मंगलबार काठमाडौं महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको हो। काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामी समेतबीच ९ बुँदे सहमति भएको हो।

    स्थानीय र महानगरपालिकाबीच तीनपिप्ले–सिसडोल सडक तत्काल (१५) दिनभित्र ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेण्डर प्रक्रियामा जाने, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सम्झौता भएको छ।


    बुधवार, भाद्र १६ २०७८०६:५८:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij