Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोन विरुद्धको खोप विक्री गरेको पाइए कारबाही गर्ने चेतावनी

कोरोन विरुद्धको खोप विक्री गरेको पाइए कारबाही गर्ने चेतावनी

  • शनिवार, भाद्र १२ २०७८

  • 1.0K
    SHARES

  • कोरोन विरुद्धको खोप विक्री गरेको पाइए कारबाही गर्ने चेतावनी

    काठमाडौँ । कोरोनाभाइरस विरुद्धको खोप विक्रि गरेको पाइएमा विक्रि गर्नेलाई कारबाही गरिने सरकारले जनाएको छ । खोपको अभाव भएको बाहनामा कतिपय ठाउँमा खोपको किन बेच भएको चर्चा भइरहेका बेला सरकारले खोप व्यक्तिगत रुपमा किन बेच गर्न नपाइने स्पष्ट पारेको हो ।

    “कोरोनाभाइरस विरुद्धको खोप सवै नेपालीलाई सरकारले निःशुल्क उपलब्ध गराउछ, कसैले विक्रि गर्न मिल्दैन,” स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भन्नुभयो ।

    उहाँले खोप विक्रि गरेको पाइएमा कडा कारबाही गरिने भएकाले विक्रि गरेको थाहा पाएर मन्त्रालय वा स्थानीय प्रशासनमा जानकारी गराउन सवैलाई आग्रह पनि गर्नुभयो । कोरोनाभाइरस विरुद्धको खोप कसैले विक्रि गरेको पुष्टि भएमा स्थानीय प्रशासनले सिधै थुन्न सक्ने उहाँको भनाई छ ।


    शनिवार, भाद्र १२ २०७८०३:५१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij