Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मौसम: अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

मौसम: अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

  • शनिवार, भाद्र १२ २०७८

  • 943
    SHARES

  • मौसम: अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रहँदा प्रदेश १, प्रदेश नं २, बागमती, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरूका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारीरधेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    शनिबार राति पनि धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।


    शनिवार, भाद्र १२ २०७८०६:४८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij