Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मनसुनजन्य विपद् : गृहमन्त्री खाँणको सुरक्षा अंगलाई निर्देशन

मनसुनजन्य विपद् : गृहमन्त्री खाँणको सुरक्षा अंगलाई निर्देशन

  • शुक्रवार, भाद्र ११ २०७८

  • 631
    SHARES

  • मनसुनजन्य विपद् : गृहमन्त्री खाँणको सुरक्षा अंगलाई निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखेर प्रभावकारी पूर्वतयारीका साथ काम गर्न सुरक्षा अंगलाई निर्देशन दिनुभएको छ ।

    शुक्रबार नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधहरुसँग छलफल गर्दै उक्त निर्देशन दिनुभएको छ ।

    बैठकमा मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्य, पीडित परिवारलाई राहत, घाइतेहरुको उपचार र क्षति भएका भौतिक संरचना÷पूर्वाधारहरुको पुनर्निर्माण पुनर्स्थापना लगायत विषयमा छलफल भएको थियो ।

    दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही नवलपरासी लगायतका जिल्लाहरु डुवानमा परिरहेका छन् । हालम्म करिब ४०० जनालाई सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।

    बैठकमा गृह सचिव टेकनारायण पाण्डेले मनसुनजन्य विपद्का कारण जोखिम रहेका मानिसहरुको प्राथमिकताका साथ उद्धार गरी सरक्षित स्थानमा राख्नु पर्ने बताउनुभयो। त्यस्तै अविरल वर्षाका कारण अवरुद्ध भएका सडक, खानेपानी लगायत सेवाहरु तत्काल सूचारु गर्न सबै जिम्मेवार निकायहरुले समन्वयात्क रुपमा कार्य गर्नुपर्ने विषयमा जोड दिनुभयो।

     


    शुक्रवार, भाद्र ११ २०७८०७:२१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij