Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पूर्वी नवलपरासीमा पहिराले घर पूर्दा एकै घरका तीन जना बेपत्ता

पूर्वी नवलपरासीमा पहिराले घर पूर्दा एकै घरका तीन जना बेपत्ता

  • शुक्रवार, भाद्र ११ २०७८

  • 870
    SHARES

  • पूर्वी नवलपरासीमा पहिराले घर पूर्दा एकै घरका तीन जना बेपत्ता

    बुटवल । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा एकै परिवारका तीन जना बेपत्ता भएका छन् । पहिरोमा परि एक जना गम्भीर घाइते भएका छन् ।

    चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।

    गएरातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले पुलामी घर पुरिएको छ । पहिरोमा परेर घाइते हस्तबहादुरलाई उपचारका लागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको पाण्डेले बताइन् ।


    शुक्रवार, भाद्र ११ २०७८०३:३३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij